सन्देश कोइराला
साउन ६,दोलखा। पर्यटकिय क्षेत्र शैलुङ दोलखा कै मात्र नभयर नेपालकै एक उत्कृष्ट पर्यटकिय गन्तब्य हो।धार्मिक तथा प्राकृतिक हिसाबले मनोरम दृश्य अबलोकन गर्न सकिने शैलुङ सबैको घुम्न जाने सपना मध्यको एक सपना हो। चिरिबिरी चराको आवाज,स्वच्छ वातावरण ,मन्दिर,गुफा,बाघ ढुङ्गा ,गाई ढुङ्गा,जुरेढुङ्गा लगायत का प्राकृतिक तथा धार्मिक अबलोकन गर्न सकिने शैलुङ दोलखाको प्रमुख मध्यको एक पर्यटकीय स्थल हो।
शैलुङ को स्तर उन्नती र ,सम्पदाको संरक्षण गर्ने उदेश्यले शैलुङ को धार्मिक क्षेत्र र भत्तजनले चितायको कुरा पूरा हुने बिश्वास मानिदै आयको जुरेढुङ्गा महादेब मन्दिर को नाजुक अबस्था लाई निर्माण गरि सुन्दर बनाउने उदेश्यका साथ,धार्मिक र पुरातत्विक सम्पतिको जगेर्ना गर्न मेलुङ गाउँपालिका ले १० लाख बजेटमा निर्माण कार्य सकेको छ।
गाउँपालिका को १० लाख रुपैयाँ लागत मा बनेको उत्त मन्दिर”जुरेढुङ्गा महादेव निर्माण समिती” ले उपभोक्ता समिती मार्फत निर्माण कार्य सकेको समितिका सल्लाहाकार शेर ब. श्रेष्ठ `दिपेश´ ले जानकारी दिनुभयको छ। शैलुङ मा घुम्न आउने पर्यटक हरुले जुरेढुङ्गा को अचम्मित ढुङ्गा को आकृतीले समेत सबैलाइ अचम्मित पार्दछ।तिर्थ हरु मध्य एक उत्कृष्ट तिर्थ गन्तव्य शैलुङ पनि हो।
१०० भन्दा माथी ऋषिमुनि हरुले तपस्या गरेको तपोभुमी मानिदै आयको सुन्दर रमणीय शैलुङ र यहाँ रहेको धार्मिक स्थल जुरेढुङ्गा मादेब,शैलुङ्गेश्वर महादेब ,बौद्ध गुम्बा जस्ता लगायत लाइ सबै मिलि पर्यटक को लागि सहजीकरण गरि अझ ब्यबस्थित बनाय पर्यटकको घुइँचो लाग्ने जानकारी शेर ब. श्रेष्ठ “दिपेस” ले जानकारी दिनुभयो। यस्ता पर्यटकिय क्षेत्रको बिकासमा संघीय,प्रदेश र स्थानीय सरोकारवालाले ध्यान केन्दित पुर्याउनु पर्ने देखिन्छ।