Home > समाचार > हिजोदेखि लगातार परेको बर्षाका कारण उर्लाबारी नगरका अधिकांश भूभाग डुवान

हिजोदेखि लगातार परेको बर्षाका कारण उर्लाबारी नगरका अधिकांश भूभाग डुवान

विवेक पाण्डे

उर्लाबारी, ५ साउन । हिजोदेखि लगातार परेको बर्षाका कारण उर्लाबारी नगरका अधिकांश भूभाग डुवानसँगै स्थानिय नदीहरुले जमिन समेत कटान गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुरारी प्रसाद घिमिरेले नगरका ९ वटै वडामा बर्षाका डुवानमा परेका र बक्राहा, तेली, सोल्टी, मावा लगायतका खोलाहरुले खेतीयोग्य जमिन कटान भएको बताउनुभएको छ भने वडा नं.–६ को उर्लाबारी बजार क्षेत्रका पसलहरु समेत डुवानमा परेकोले जोखीम कम गर्ने विकल्पका बिषयमा खोजी भईरहेको समेत उहाँले बताउनुभयो ।

बर्षाले वडा नं.– २ को केर्खाली चौकमा कल्भर्टमा क्षति पुर्याउँदा आवात जावतमा समस्या आएको छ भने वडा नं.–३ को रामनगरमा तेली खोलाले डुवान र कटान गरी क्षति पुर्याएको छ । यसैगरी बक्राहा खोलाले वडा नं.–५ को भुम्रा क्षेत्रमा दुई विगाहा भन्दा बढी जमिन कटान गरेको छ भने वडा नं.– ६ को सिमाना बस्तीमा मावा खोलाले क्षति पुर्याएको छ । यसैगरी वडा नं.–६ को बजार क्षेत्रमा ड्रेनबाट पानी सहज किसीमबाट नजाँदा मुख्य बजार क्षेत्रका एक दर्जन बढी पसलहरु डुवानका कारण प्रभावित भएका छन ।

यसैरीनै नगरका अन्य वडाहरुमा पानी डुवान र कटानका कारण क्षति पुगेको स्थानिय जनप्रतिनिधीले बताएका छन । यसैबीच नगर प्रमुख खड्ग फागोले जल तथा मौसम बिज्ञानले केही दिन भारी बर्षा हुने भनेको हुुँदा नगरबासीमा सुरक्षित भएर बस्न र विपत्ती भएमा खवर गर्न हुन आग्रह गर्दै नगरमा भएको स्रोत साधनको उपयोग गरी रोकथाम सहितका कार्य संम्पादनमा कमी आउन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *