Home > समाचार > मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता

मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता

काठमाडौं- देशमा बाढीपहिरोले मनसुन शुरुभएयताको एक महिनाभित्र एक सय एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गरी ३१ जेठ देखि २ साउन सम्ममा कुल एक सय एकको मृत्यु हुनाको साथै ५१ जना वेपत्ता भएको जानकारी दिएको हो ।

बाढीपहिरोबाट ४९ जना घाइते भएका छन् । एक सय ३६ घरमा पूर्ण क्षति पुगेको छ । साउनको दुई दिनमै ४ जनाको पहिरोमा परी मृत्यु भएको तथ्यांक छ । बाढीपहिरोबाट सबैभन्दा बढी क्षति म्याग्दीमा पुगेको छ । त्यहाँ २८ जनाको मृत्यु हुनाको साथै ४ जना वेपत्ता भएका छन् । ३६ घरमा क्षति पुगेको छ ।यसैगरी, जाजरकोट, तनहुँमा पहिरोले ११ ११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *