अर्जुनराज भण्डारी
ललितपुर /ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका कृयाशिल ६ राजनितिक दलहरुको तर्फवाट कोरोना भाइरस,प्राकृतिक प्रकोप र सरुवा रोग नियन्त्रणका लागि नगरपालिकालाई सयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाली कांग्रेशको तर्फबाट नगर सभापति दिवाकर शिलवाल, रा प्र पा को तर्फबाट नरेस कार्की,नेकपा क्रान्त्रिकारी माओबादीको तर्फबाट अर्जुनलाल श्रेष्ठ, नेकपा मालेको तर्फबाट चन्दा श्रेष्ठ, जनता समाजबादीको तर्फबाट रमेश पोखरेल र देसभक्त जन गणतान्त्रिक मोर्चा नेपालको तर्फबाट मुकेस श्रेष्ठले सयुक्त रुपमा हस्ताक्षर गरी ध्यानाकर्षण पत्र नगर प्रमुख रामेश्वर श्रेष्ठलाई बुझायको हो !
महालक्ष्मी नगरपालिका भित्र पनि बढ्दै गैरहेको कोभिड १९ कोरोना भाईरस सँगसँगै बर्षातको मौसममा बिभिन्न प्रकोपका कारण समस्याको जरो मौलाउदै गयको हुँदा निन्द्राबाट जागेर तुरुन्त नगरबासिको स्वास्थ्य सम्रक्षणमा उचित पहलिकदम गर्नका लागि ध्यानाकर्षण पत्र बुझाईयको कांग्रेशका तर्फबाट नगर सभापति दिवाकर शिलवालले संचारमाध्यमलाई अवगत गराय !