Home > समाचार > वाग्मती प्रदेश अन्तर्गतका सबै यातायात व्यवस्था कार्यालयमा काम सुरु

वाग्मती प्रदेश अन्तर्गतका सबै यातायात व्यवस्था कार्यालयमा काम सुरु

काठमाण्डाै – वाग्मती प्रदेश अन्तर्गतका सबै यातायात कार्यालयहरुले काम गर्न सुरु गरेको छन् । सबै यातायात व्यवस्था कार्यालयबाट सवारी कर सेवा खुला गरिएको हो ।
यातायात व्यवस्थापन कार्यालय एकान्तकुनामा गाडीको लाइसेन्स तथा बिलबुक नवीकरण, राजस्व सङ्कलन र बनिसकेका लाइसेन्स वितरणको काम भइरहेको कार्यालयका सूचना अधिकारी विष्णु भट्टराईले अनलाइन खबरलाइ जानकारी दिनुभयो ।

उहाँले लकडाउन बेला अहिले सबै कर्मचारीहरु काममा आउन नसकेको कारण सबै सेवा सञ्चालन सुरु गर्न नसकिएको समेत बताउनुभयो । यस्तै मोटरसाइकलको लागि यातायात व्यवस्थापन कार्यालय गुर्जुधाराले मोटरसाइकलको लागि सेवा दिन थालेको छ ।

यातायात व्यवस्था विभागले गर्ने नयाँ लाइसेन्सको परीक्षा र ट्रायलको काम भने अहिले नै गर्न सक्ने अवस्था नभएकाे जनाएको छ ।

सरकारले असार १ गतेबाट देशभरका सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेसँगै वाग्मती प्रदेश अन्तर्गतका सबै यातायात कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

कार्यालय सञ्चालनमा आए पनि सामाजिक दुरी कायम गरेर, स्वास्थ्यसम्बन्धी निर्देशनकाे पालना गरेर काम गर्न सरकारले निर्देशन दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *