चुनमणी शर्मा
जेठ २७ /रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा पाँच जनाको सामुहिक हत्या गरिएको छ ।
धारिलो हतियार प्रोयोग हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । हत्या गए राति भएको हो । एउटा शव फार्ममा भेटिएको जानकारी दिंदै घटनाबारे थप अनुसन्धानका लागि टोली परिचालन भइसकेको रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले च्छोरोल्पा अनलाइन खबरलाई जानकारी दिएका छन् ।
मृतकको विवरण खुल्नै बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागु औषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।