सन्देश कोइराला
कहिले काहीँ स्थानीय प्रतिभा नै यस्ता तीखो र पारखी निस्कन्छन कि त्यो सोचेभन्दा माथी को बिषय हो।कला प्रस्तुतिले पनि कहिले काहीँ कुनै ठाउको शोभा नै हराभरा बनाइदिन्छ।नृत्य,गायक,कलाकार तथा बिबिध कला माध्यम बाट कुनै पनि ठाउको सान बढछ भन्ने कुरा मा कुनै संका नै छैन।कला मार्फत ,कलाकार ले आफ्नो ठाउको नाम उच्च राख्ने बिषय भन्न जति सजिलो छ त्यो गर्न अत्यन्तै कठिन पनि छ।
युबा उमेर भयपछि वा मानिस परिपक्क भयपछी आफ्नो कलाले आफ्नो ठाउँ चिनाउनु स्वभाबिक होला तर तपाइहरुले बिश्वास गर्नुहुन्छ ८ बर्षको कलिलो उमेरको नानिले न डान्स सेन्टरमा सिकेर न अरुले सिकायर आफैले युटूबमा भिडियो हेर्दै एउटा जिल्ला नै धमाका बनाउने गरि आफ्नो नृत्य प्रस्तुत गरेको ,सायद बिल्कुल कम नै सुन्नु भयको छ। त्यस्तै ८ बर्षको सानो उमेरमै नृत्य मार्फत दोलखाको शैलुङ गाउपालिका वर्ड नम्बर -८ निबसी बालिका बालकलाकार रन्जना थपलिया यतिबेला सबैको आखाको नानी बनेकी छिन,जतिबेला पनि आखैमा रहिरहने महत्वपूर्ण । गाउमै बसेर कुनै गुरु बिना यति ख्याती कमाउनु चानचुने कुरा हुँदै होइन यो एउटा उदाहरण नै हो।
दोलखा सैलुङ महोत्सव २०७६ मा नृत्य गर्दो बालकलाकार रन्जना थपलिया
रन्जना थपलियाको नृत्य ले सबैजना दन्ङ्ग भैरहेका छन ।करिब १ बर्ष देखि शैलुङ लगायत आसपासका ठाउँ लगाएत बिभिन्न ठाउमा उसले नृत्य देखाउदै छिन ,उनको यति सानै उमेरमै प्रशंसा योग्य नृत्य मनपराइ मन्त्रमुग्द हुदै उनको कलालाइ हजारौले प्रोत्साहन गर्दै नगद तथा बिबिध उपहार हरु प्रदान गरेपछी उनको कला प्रस्तुत गर्न उत्साह थप हुदै गयको छ।
अहिले सम्मा बिभिन्न महोसब डान्स प्रतियोगिता अनि एक म्युजिक भिडीयोमा प्रस्तुती दिइसकेकि उनले चर्चा को छोटो समयमै चर्चाको सिखरमा पुगिसकेकी छिन।उनी अहिले सबै कार्यक्रम को खोजी एबम आकर्षककि पात्र नै बन्दै गैरहेकि छिन। भर्खरै गौरीशंकर च्छोरोल्पा मिडिया प्रा. लि ले दोलखा पर्यटान प्रबर्दनको लागि तयार गरियको गित { शैयौ थुंगा सैलुङ डाडैमा} बोलको गीमा अभिनय समेत गरिसकेको छिन उक्त गित केहि दिनामा सर्वजनिक हुदै छ।
प्राइम टिभीमा अन्तरबार्ता दिदै बालकलाकार रन्जना थपलिया
तेसैगरी एल्लो टाइगर ओपन डान्स एबम अवार्ड प्रोग्राम -२०७६´ नामक २३ जनाको प्रतिस्पर्धात्मक कार्यक्रममा १ हप्ता कै आफैले गरेको छोटो अभ्यासले पनि सान्तोना स्थान पाउनु गर्बको बिषय हो।खुल्ला तर्फको रास्ट्रीय अवार्ड जस्तो कार्यक्रममा शैलुङ्ग दोलखा जस्तो बिकट ठाउँ बाट आयर पर्याप्त स्रोतसाधनको कमि हुदा हुँदै पनि सान्तोना स्थान हासिल गर्न सफल भएकी छिन।उनको कला प्रस्तुति देखेर जज तथा अतिथी हरु निकै खुसी बनिरहेको हुन्छन हरेक प्रस्तुतीमा।उनी शैलुङ लगायत दोलखाको चम्किलो तारा बन्दै गैरहेको देखिन्छ,उनको यो नृत्य कलाले सबैको मन छुने गरेको
एल्लो टाइगर ओपन डान्स एबम अवार्ड प्रोग्राम -२०७६ बालकलाकार रन्जना थपलिया
उनले २०७६ को नंया बर्षको शैलुङ्ग महोत्सव, दोलखा किबी महोत्सव, सुनातला महोत्सव, आलु महोत्सव,हिले महोत्सव देखि झनै जिल्लाको हरेक कार्यक्रममा चर्चाको शिखर बन्न पुगेको उनी त्यो भन्दा अगाडि उनी स्थानिय पेरिफेरी हुदै अहिले चर्चित कलाकार/डान्सर बन्न सफल भैसकेकी छन् ।
दोलखा किबी महोत्सव बालकलाकार रन्जना थपलिया
रन्जना थपलिया सफल हुनको माथी उनको अभिभावकको पनि महत्वपुर्ण भूमिका छ। उनको आमाबुबाले उनलाइ भरपुर साथ दिई नै रहेको हुनुहुन्छ। छोरीको कला प्रस्तुति कै निम्ति उनको बुबा आमाले उनलाइ जुनसुकै ठाउमा पनि साथमा लियर प्रोत्साहन गरिरहेको उनका बुबा सानू थपलिया ले बताउनु भयो,उहाले छोरीको नृत्य लाई सबैले मनपराएको मा सबैलाइ हार्दिकता समेत ब्यक्त गर्नुभयो।छोरिलाइ अझै धेरै कुरा सिकाउन जरुरत रहेको र आफुले भरपुर साथ दिने कुरा समेत उहाले च्छोरोल्पा अनलाइन सग कुरागर्दै आफ्नो छोरीको कला देखि आफू निकै खुसी रहेको उहाको आमाबुबा ले बताउनु भयो।
च्छोरोल्पा टि : भी मा अन्तरबार्ता दिदै कार्यक्रम प्रस्तोता सन्देश कोइराला सग बलकलाकार रन्जना थपलिया
हो यस्तै प्रतिभावान कलाकार ले आफू जन्मेको ठाउको सान बनाउनु आफु जन्मेको ठाउको माटोको इज्जत स्थापित गर्न सक्नु रन्जना को लागि गर्बको बिषय हो। ८ बर्षकै सानै उमेरमा आफ्नो कलामार्फत आफुलाइ उत्कृष्ट स्थापित गर्दौ सबै सामु सुसज्जित एबम प्रख्यात बनाउनु निकै नै कष्टकर नै हुने गर्दछ तर उनले आफुले राम्रो प्रतिक्रिया सहितको चर्चा कमाउदै गैरहेकी छिन।उनको कलाले निरन्तरता पाउदै जाओस सबैको हौसला बढदै जाओस म पत्रकार सन्देश कोइराला र हाम्रो मिडिया च्छोरोल्पा.कम मार्फत हार्दिक शुभकामन ।च्छोरोल्पा टिभीमा अन्तरबार्ता दिदै कार्यक्रम प्रस्तोता सन्देश कोइराला सग बलकलाकार रन्जना थपलिया
हाम्रो आफ्नै टि भी सग बलकलाकार रन्जना थपलिया
म कती राम्री छु तिज गीतमा नृत्य गर्दै रन्जना थपलिय
२०७६ /०२ /२३