Home > समाचार > एकै दिन थपिए ११४ संक्रमित, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो,

एकै दिन थपिए ११४ संक्रमित, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो,

काठमाडौं । आज एकै दिन एक सय १४ जनामा covid-19  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय ८६ जान पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकाटाका अनुसार सङ्क्रमितमध्ये सात सय ९६ पुरुष र ९० महिला छन ।

कोरोना संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नं ५ का छन् । सो प्रदेशका नौ जिल्लामा तीन सय ६५ जनामा सङ्क्रण पुष्टि भएको छ । तेसै गरि सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका पाँच ५ जिल्लामा १७ जना कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ सात जिल्लामा एक सय तीन, प्रदेश नं २ का आठ जिल्लामा तीन सय २४, वाग्मती प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशको चार जिल्लामा १३ र कर्णाली प्रदेशको तीन जिल्लामा २५ सङ्क्रमित फेला परेका छन् । यससँगै कोरोना सङ्क्रमित फेला परेको जिल्ला ४७ पुगेको छ ।

कोरोना सङ्क्रमित १८३ जना निको भए
नेपालमा १ एक सय ८३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन । नेपलको विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोना मुक्त भएर घर फर्किएका छन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १ एक सय ४२ पुरुष र ४१ महिला डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार पाँच सय ८० नमूना परीक्षण गरिएको छ । त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार तीन २० नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार दुई सय ७७ र आरडिटी विधिद्वारा एक लाख दुई ८७ जनाको परीक्षण गरेको छ ।

देशभरको क्वारेन्टिनमा हालसम्म ७० हजार तीन सय पाँच जना रहेका छन् । यस्तै आइसोलेनसमा ६ सय ९९ जनाको उपचार भइरहेको छ । कोरोनाका कारण नेपलमा ४ चार जनाले ज्यान गुमाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *