Home > समाचार > बारामा ४ जना प्रहरीमा कोरोना संक्रमण

बारामा ४ जना प्रहरीमा कोरोना संक्रमण

जेठ, काठमाडौं । बारा जिल्लामा एकै दिन थप चार जना प्रहरी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत चार जना प्रहरी कर्मचारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनायको छन्।

उनका अनुसार बारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया-१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी स‌ंक्रमित भएका हुन ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरू सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरूलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *