काठमाण्डौ – आज थप ३२ जनामा covid-19 काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । अहिले सम्म सङ्क्रमितकाे सङ्ख्या नेपालमा ५ सय ४८ पुगेकाे छ ।
राष्ट्रिय प्रयाेगशाला टेकु काठमाण्डाैले , प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवा र भरतपुर अस्पतालकाे काेभिड १९ प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३२ जना सङ्क्रमित पुष्टि गरिएको छ ।
३२ जान नयाँ थपिएकाहरुमा कपिलवस्तुकाे वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिला, सर्लाहीकाे गाेडैता, कविलासीका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छ। बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डाैका ३५ वर्षाीय पुरुष, रुपन्देहीकाे गैडहवा र राेहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष तथा चितवनकाे भरपुर-६ का ५२ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयले जनाएकाे छ ।