Home > समाचार > एकल महिला र अपाङ्गता व्यक्तिको सुरक्षा भत्ता कटौती हैन, थप गर्ने योजनामा छौँ : मन्त्री पार्बत गुरुङ

एकल महिला र अपाङ्गता व्यक्तिको सुरक्षा भत्ता कटौती हैन, थप गर्ने योजनामा छौँ : मन्त्री पार्बत गुरुङ

महिला बालबालिका तथा जेस्ठ नगरिक मन्त्रालय,मन्त्रि पार्बत गुरुङले  हामीले सामाजिक सुरक्षा भत्ता सबै एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई दिइरहेका छौँ, रोकेका छैनौँ । बरु थप गर्ने योजनामा छौँ ।
यसको लागि मैले सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग ऐन र नियमावली संशोधनका लागि पहल गरिरहेको छु ।

सबै एकल महिला गरिब र विपन्न छैनन् । कतिले दोहोरो सुविधा लिइरहेका छन् । कतिपय जागिरमा छन् । त्यस्ता महिलाले पनि भत्ता पाइरहेका छन् । त्यस्ता एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिनेबारे पुनर्विचार गर्दैछौँ ।

जो साँच्चिैकै गरिब र विपन्न छन् । जसले दोहोरो सुविधा लिइरहेका छैनन् ।  उनीहरुलाई छुट्याउँछौँ र सुविधा थप गरेर दिन्छौँ ।

सामाजिक सुरक्षा भत्तासम्बन्धी ऐनमा सुधार गर्नुपर्ने भएकोले केही हेरफेर गर्न लागेका छौँ । यो ऐनमा संशोधन हुन्छ । यसको लागि गृह मन्त्रालयलगायतका सम्बन्धित निकायसँग मैले भेट गरेको छु । केही दिनमै क्याबिनेटमा कुरा राख्छौँ । यसमा सबै ढुक्क भए हुन्छ ।

 

उज्यालो अनलाइ साभार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *