चुणामणि शर्मा /बुटवल
गुल्मी जिल्ला मदानेका कोरोना संक्रमित उपचारका क्रममा मृत्यु भएकाको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ ।
रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका थियो उनको शब शुक्रबार दिउँसो २ बजे नेपाली सेनाले टोलीले उठाएको हो ।
अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षबाट नेपाली सेनाको चार–पाँच जनाको स्वास्थ्य टोलीले मृतकको शब निकालि र्यापिङ गरी शब लाइ वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो ।
शबवाहनलाई प्रहरीले स्टर्किङ गरेर लागेको थियो भने । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको चौतार्फ आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग समेत गरेका थिए ।
तर नेपाली सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुको परिवारले हस्ताक्षर गरेका रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
‘शव उठाउने क्रममा उहाँहरुले केही भन्नुभएन, हामीले बनाएको कागजमा हस्ताक्षर गर्नुभयो’ उनले भने । संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरी उपरीक्षक थापाले बताए ।
जेठ १ गतेदेखि अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायता कक्षमा उपचार गराइरहेका ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।
जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको छन् ।