Home > कला/साहित्य > अाऊ साथी,रांका बालौं: केशबराज चौलागाई

अाऊ साथी,रांका बालौं: केशबराज चौलागाई

अाऊ साथी रांका बालौं

पुत्ला जलाऊं

ढुङ्गामुढा गरौं

उ वेईमानीलाई के थाह ?

हामी कति चण्डाल छौं

सके गाडी जलाऊ

सडक बन्द गरौं

उ गोली हान्न वाध्य होस्।

हामीलाई हेप्न पाईन्छ??

हाम्रा मालिकहरु जेसुकै गरून्।

घुंडा टेकुन् कि टाङ्गमुनि छिरुन्

खोरिया फांड्न पाईन्छ??

अाऊ साथी रांका वालौं।

 

हामीले हाम्रो बांझो राखेर

कल कारखना बन्द गरेर

उस्कै खाका छौं

उस्कै लाका छौं

उस्कै हेरेका छौं

उस्कै सुनेका छौं

नाल काट्ने छुरा देखि,कात्रोसम्म

उसैको

भाईटिकालाई फुल

भ्यालेन्टाईनलाई गुलाब

तर्पणको तील जौ

उसकै ल्याको छ।

फेरि

उहीँ पो हाम्लाई हेप्ने??

कांडेतार लाईदिऊं

हाम्रो चरन नि उतै त हो नि।

हामी कति क्रान्तिकारी छौं

उस्लाई के थाह?

हाम्रै कान्लामा डढेलो लाईदिम

अाऊ साथी,रांका बालौं।

 

पानी वगेर ,बैँस उम्लेर

उतै त गाको छ नि!

के खोज्या उसले??

हाम्रा मालिक उही छान्दिन्छ।

मालिकका पनि मालिक भएर

हाम्रै अांगन थिचोमिचो??!!

तेस्को धज्जी उढाउनु पर्छ।

हामी शहरमा दाउरा बालौं न वरु!!

हामी भोकले मरौंन बरु

अाफ्ना मालिकको जयकारा गाअौं

क्या! रसिक ढांचामा

सरम पचाउंन सक्ने

क्या !!तरिका छ लम्पसार पर्ने।

यस्ता मालिकहरुको रथयात्रा गरौं

हामी चानचुने दाश होईनउं।

के ठान्या होला त्यस्ले!!

त्यस्कातिर जाने बाटो बन्द गरौं

अाऊ साथी रांका बालौं

 

हनिमुन मनाउंन उसैकां

विरामी हुंदा उसैकां

तीर्थ जांदा उसैकां

संगठन गर्दा उसैकां

चौकीदारी उसैकां

नुनतेल लिन उसैकां

जोरी खोज्दो रैछ भाते!!

कांडेतार लाईदिंदा चाल पाउंछ त्यस्ले।

हामी जस्ता देशभक्तलाई जिस्क्याउने?

दणडवत गर्दा गर्दै हाम्रा मालिकलाई हेप्ने??

अत्याचारै भो नि यार!

वरु अाफ्नै झुप्रा जलाईदिऊं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *