काठमाण्डाै – वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई टेकु प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुर्व्यवहार गरेका थिए । उक्त दुर्व्यवहार गरेको भिडियो त्यसको चौतर्फी विरोध सामाजिक संजालमा भइरहेको छ ।
पक्राउ परेका कार्कीलार्य अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
दुर्व्यवहार भिडियो हेर्नु होस्
https://www.facebook.com/505965959583958/videos/256559979036746/?t=0