Home > समाचार > नेपाली सेनाका दुई जनामा कोरोना भाइरस देखियो

नेपाली सेनाका दुई जनामा कोरोना भाइरस देखियो

३ जेठ, काठमाडौं । नेपाली सेनाका जवानमा पनि पहिलो पटक  covid-19 कोरोना संक्रमण भेटिएको छ शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका कार्यरत सैनिक जवान भएको खुलेको छ  ।

सैनिक जनसम्पर्क प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गर्नु भएको छ । उनले भने, ‘संक्रमित दुवै जना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत थिए । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको  बताउनु भयो ।

काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा covid-19  कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि covid-19  कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *