Home > समाचार > कोरोना संक्रमित काभ्रे जिल्लामा पनि भेटिए

कोरोना संक्रमित काभ्रे जिल्लामा पनि भेटिए

३ जेठ, काठमाडौं ।
काभ्रेमा जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छ भने । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएको छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि मन्त्रालयले शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *