२ जेठ, काठमाडौं । नेपाली भूमि मिचेर भारतले एक तर्फी रुपम सडक निर्माण गरेपछि चर्चामा आएकोको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ ।
कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै सर्बत्र आलोचना हुन थालेपछि नेपाली सेनाले पनि दार्चुलाको छाङरुमा फौज पठाएको छ ।
बुधबार सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको थियो ।
नेपाली सेनाको अपरेसन विभागका एक जना महा-सेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको सैनिक स्रोतले बतायो । छाङरु विवादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ ।