१ जेठ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचाररत ६ वर्षीया बालिकामा covid-19 कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट काठमाडौं ६ दिन अगाडि उपचार गर्न आएकी थिइन् ।
ती बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा-सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे । उनमा कोरोना पुष्टि भएपछि गर्ने तयारी टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गरिएको छ । (टिचिङ अस्पताल)का निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको बताए ।