प्रकास बुढाथोकी
३१ वैशाख /covid- 19 कोरोना संक्रमण थप २४ जनामा पुष्टि भएको छ बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ
भोलिदेखि नेपालका सरकारी कार्यालय समेत बन्दघरबाट निस्किने लाई पक्राउसम्म गरिने/
भोलिदेखि सरकारी कर्मचारीलाई पनि सरकारले छुट्टी दिएको छः , घरबाट निस्किनेलाई पक्रउ गर्नी र भोलिदेखि नेपालका सरकारी कार्यालय समेत बन्द गर्ने तयारी थालिएको छ । सोमबारसम्म सरकारी तथा सार्वजनिक कार्यालयहरु खुल्लै रहेका थिए । सरकारले सरकारी कर्मचारीलाई अनिवार्य रुपमा अफिसमा हाजिर हुन उर्दी जारी गरेपछि ती कार्यालय खुल्लै रहेका हुन्।
तर, प्रधानमन्त्रीको सम्बोधन अनुरुप अब अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायत सबै कार्यालय ठप्प हुने छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले केही बेरपछि यस्तो निर्णय गर्न लागेको हो समितिका एक सदस्याले बताउनु भयो ।
सरकारी कार्यालय खुल्दा सर्वसाधारणको भीडभाड कम नभएपछि र सोमबार नै काठमाण्डौमा एक कोरोना संक्रमित फेला परेपछि अवस्था जुनसुकै बेला भयावह हुने विश्लेषणसहित सरकारी कर्मचारीलाई विदा दिन लागिएको हो।
यसैबीच, मंगलबारदेखि सरकारले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि सर्वसाधारणलाई घरबाट निस्किन दिने छैन । यसका लागि काठमाण्डौका विभिन्न क्षेत्रमा प्रहरीले सोमबार बिहानैदेखि माइकिङ समेत गरिरहेको छ । बारम्बार सूचित गर्दा पनि कोही कसैले अटेर गरी घरबाट निस्किए उसलाई गिरफ्तार गरेर कारबाही गर्नेसम्मको नीति सरकारले लिन लागेको छ ।
पोखरेल संयोजक रहेको समितिको बैठक हाल सिंहदरबारमा बसिरहेको छ । आजको बैठकले अन्य केही महत्वपूर्ण निर्णय समेत गर्नसक्ने स्रोतको दाबी छ