दोलखा। हालै मात्र भारतले नेपाली भुमि लिपुलेक हुँदै चिनको तिब्बत स्थित मानसरोबर जाने मार्ग बनायको विरोधमा नेबिसंघ दोलखाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन गरेको छ। मोदी सरकार र ओलि सरकारको विरोधमा सोमबार साँझ दोलखाको सदरमुकाम चरिकोटमा राँके जुलुस प्रदर्शन गर्दै मोदि र ओलिको पुत्ला दहन गरेको नेबिसंघ दोलखाका नेता दिनेश श्रेष्ठले बताए।
लिपुलेकमा नेपाली भूमी अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा नेपाल विद्यार्थी संघ दोलखाद्वारा राँके जुलुस प्रदर्शन गरेका थिए ।
नेबिसंघ दोलखाले लिपुलेकको लागि सरकारको चर्को बिरोध केपि शर्मा ओलि र मोदीको पुतल दहन ।
