महिनावारी हुने सामान्यतया उमेर पुगेका किशोरी वा युवतीहरुको प्राकृतिक र सामान्य प्रक्रिया हो । महिनावारी हुँदा सामान्यत ४ देखि ५ दिनसम्म (कसैकसैलाई अलि बढी) रक्त स्राब हुने गर्दछ । तर पनि अधिकांश युवतीहरुले यो समयमा बिभिन्न खालका समस्याहरु झेल्ने गरेका छन् ।
चिकित्सकहरुका अनुसार सामान्यतया महिनावारीको २८ दिनको चक्र हुन्छ तर धेरै युवतीहरुले महिनाबारी अनियमित हुने समस्या भोग्दै आएका छन् । यसका साथै पेट दुख्नु, कमजोरी, थकान महसुस हुन जस्ता समस्या पनि देखिनु सामान्य हो तर महिनावारी समयमा नहुने कारणले धेरै युवतीहरु हैरान हुने गरेका छन् । यसको उपचारका लागि बिभिन्न औषधी सेवन गर्ने गरेको समेत पाइन्छ ।
केही घरलु उपाय र खानपानमा ध्यान दिँदा समेत महिनावारी गडबढीको समस्या समाधान हुने चिकित्सकहरु बताउँछन् ।
काँचो मेवा :
महिनावारी अनियमित हुने समस्या छ भने काँचो मेवा सेवन गर्नु लाभदायक हुन्छ । काँचो मेवामा प्रशस्त मात्रामा प्रोवोग, आइरन, क्याल्सियम र भिटामिन ए पाइन्छ । जुन महिनावारीसँग जोडिएका समस्या समाधान गर्न मद्धत मिल्छ । महिनावारी हुँदाको दिन मेवा दहीसँग मिलाएर खानु राम्रो हुन्छ ।
सोफ:
सोफको सेवान हाम्रो स्वास्थ्यको लागि निकै फाइदा जनक हुन्छ । नियमित रुपमा सोफको सेवनले महिनावारी अनियमित हुने समस्या समाधान हुन्छ । दुई चम्चा सोफलाई एक गिलास पानीमा भिजाएर राख्नुहोस् । बिहान उठेर त्यसलाई छानेर पिउनुहोस् । नियमित रुपमा सेवन गर्दा महिनावारीमा देखिने समस्या समाधान हुन्छ ।
बदाम/छोक्रा :
बदाम तथा छोक्रा एकसाथ मिलाएर खाँदा पनि महिनावारीको समयमा देखिने समस्या हट्छ ।
एलोवेराको जुस :
एलोवेराले पेटको समस्या समाधान गर्न मद्धत गर्छ । बिहानै उठेर खालिपेटमा ५० ग्राम एलोबेराको जुस एक गिलास पानीमा मिसाएर नियमित सेवन गर्नाले अनियमित महिनावारी हुने समस्या समाधान हुन्छ ।