Home > समाचार > मन्त्रिपरिषदको निर्णय जेठ ५ सम्म लकडाउन लम्ब्याउने

मन्त्रिपरिषदको निर्णय जेठ ५ सम्म लकडाउन लम्ब्याउने

प्रकाश बुढाथोकी

२४ वैशाख, । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमाको प्रस्ताबमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने भनेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा सहमत हुनु भएन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको उहाको  भनाइ थियो ।

बुधबारको मन्त्रिपरिषद् बैटकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहेालो  हरियो क्षेत्र छुट्याउने बेला अझै नभएको जानकारी दिनु भएको छ ।

लकडाउन यसअघि घोषित २५ वैशाखसम्म छ ।

covid-19 कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन  ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । साथै भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *