पवित्र फुल हो
जसले सिचेको छ सबैलाई
यदि आमाको कोखमा
यो पवित्र फुल नफूलेको भए
जन्म हुदैन थियो पुरुष
न कहिलिने थियौं महापुरुष
फेरि किन मोल बुझ्दैनौ
त्यो अनमोल पवित्र फूलको !
छरिन्छ बिउ उसैको मात्र
नाम छ यहाँ
नौ महिना सम्म जस्ले सिचिएर
आमाको गर्भमा हुर्कायो
फेरि त्यही पवित्र फूलमाथी
आज पनि विभेद छ यहाँ
त्यही फूल फूल्यो र त तिमि
सहजै यो संसारमा आयो !
त्यही पवित्र फूल फूले वापत
बास हुन्छ बन्द कोठामा
पाँच, सात दिन गनेर
निस्किने दिनको बाटो हेरिन्छ
छुनु हुन्न प्रसाद, जानू हुन्न
मठ मन्दिर कस्तो विडम्बना
म बाट सिचिएको मानवले नै
धिक्कारी रहेको छ बार बार !
मानव सामाजिक प्राणी हौ
तर बुझ्न सकिएन
दूर दराजमा रहेको
छाउ गोठ त भत्किए
तर यो मन भित्रको
छाउ कस्ले भत्काउछ
त्यही भएर त भन्दै छु
विचार परिवर्तन गर्नुहोस !
नारीले आफ्नो एक एक सेकेन्ड
घर, परिवार समाज अनि देश
बनाउने निम्ति समयको त्याग गर्दछन
तर नारीलाई हेर्ने दृष्टिकोण
कहिल्यै कहिल्यै फेरिएन
बुद्धिजीवी भनुन या त
समाजसेवी भनुन परिपक्व भनुन !
पवित्र फुल हो जसले
सिचेको छ सबैलाई
यदि आमाको कोखमा
यो पवित्र फुल नफूलेको भए
जन्म हुन्न थियो पुरुष
न कहिलिने थियौं महापुरुष
फेरि किन मोल बुझ्दैनौ
त्यो अनमोल पवित्र फूलको !
भेटियो त्यही पुरानो सोच
अनि त्यही परम्परा
कसरी होस त परिवर्तन
आफ्नो घर भित्रको
ती विभेदहरु सकिन्न
तब सम्म जक्डेको हुन्छ
जब सम्म औल्याउनु हुन्न
समस्याहरु घर भित्रको !
हामी आफैले सिचेर हुर्काएको
बिरुवा यति ठूलो भयो
त्यो पवित्र फूल लाई “छुइ “भन्ने
शब्दमा परिणत गरियो
के भन्नू र ती महापुरुषहरुलाई
शब्दनै नरहने भयो
आफ्नो सृष्टिकर्ता बिर्सिने संग
के आश परिवर्तनको ?
पितृसत्ताले, परम्पराले
यति जकडेको छ यहाँ
पुरुषरुपी नारी पाउछौ
घर घरमा अनि टोल टोलमा
अनि देशै भरी अनि ती
पवित्र फूलको अवहेलना
अनि भन्ने गर्दछन मलाई “छुई” भइ छ नि !
के गर्नु डिग्रीको प्रमाणपत्र
के सम्झाउनु मानवीयता
अनि ती महापुरुषहरु
कति महान आफ्नो विचार
लाद्न थाले, शुरु गरे
तिनै परम्परा तीनै संस्कार
अनि बिर्से आफू सिचिएको त्यो पवित्र
फूल !
पवित्र फुल हो जसले सिचेको छ सबैलाई
यदि आमाको कोखमा
यो पवित्र फुल नफूलेको भए
जन्म हुन्न थियो पुरुष
न कहिलिने थियौं महापुरुष
फेरि किन मोल बुझ्दैनौ त्यो अनमोल
पवित्र फूलको ?