Home > कला र साहित्य > अब फेरि एउटा क्रान्तिले गुहारेको छ : तारा तामाङ ।

अब फेरि एउटा क्रान्तिले गुहारेको छ : तारा तामाङ ।

अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !
धिक्कार छ हाम्रो ती मतहरुको
अनि हाम्रो विश्वासको, हाम्रो पसिनाको
अनि रगतको अनि त्यो इमानदारीको
के साच्चै कुनै मोल छैन हाम्रो
योगदानको ?
रजाइँ यदि गर्नु थियोे भने किन सोचेनौ ?
रङ्ग यदि बद्लिनु थियो भने किन
सोचेनौ ?
राजा हौइनौ कोहि हाम्रो खुन पसिनाले
सिचेको फल हौ यदि मिठास दिन
सक्दैनौं
भने कुहिएर न बस बरु झरी देउ !
अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !
आफ्नो आफ्नो स्वार्थका लागि त पशु
पनि बाच्छन
किन नेता कहिलिनु बरु सम्हाल आफ्नो
घर बार
कतै न यो समाजको रहने छौ न घरको
रहनेछौ
आउदै छ त्यो दिन नजिकिदै छ त्यो दिन !
छैन यदि सोच साघुरो त
किन फराकिलो हुन सकेनौ ?
एउटा नेतृत्वमा न इमानदारी छ,
नैतिकता छ
न आफ्नो कर्तव्य बुझेका छ्न,न कुनै
गोपनियता छ
कुन चाहिँ गुण छ ?
जस्ले टेकायो यो राजनीतिमा ?
मात्र चाकडी जसलाई उठेको देखि शुरु
गर्छौ !
सबै किन अटेनन त्यो दिमाग भित्र
मात्र सिमित रहयौ
म कहाँ छु भन्ने थाह छैन
चिया पसलको कुरा गल्लीहरुमा
र गल्लीहरुको कुरा घरहरुमा 
विचार गरौं त एक पटक
यहि हुन्छ असल नेतृत्वमा
यहाँ देशको, समाजको हैन
चिन्ता हैन मात्र आफ्नो छ !
अब फेरि एउटा क्रान्तिले गुहारेको छ
साच्चै के तपाईको मनले मानेको छ ?
यो कम्युनिस्टको सरकार चली रहेको छ
मुखुण्डो पछि घिनौना खेल भै रहेको छ !!

श्रजक -तारा तामाङ

    अध्यक्ष
महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल दोलखा
नेकपा दोलखाकी नेतृ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *