Home > समाचार > बिस्फोटमा बालबालिकाको मृत्यु घटनाप्रति घोर निन्दा भर्त्सना:मन्त्री पर्बत गुरुङ

बिस्फोटमा बालबालिकाको मृत्यु घटनाप्रति घोर निन्दा भर्त्सना:मन्त्री पर्बत गुरुङ

जेनिसा खड्का

वैशाख,१९ काठमाडौँ । १८ गते रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम बिस्फोट हुदा चार बालबालिकाको मृत्यु घटना प्रति महिला बालबालिका तथा जेस्ठ नागिरिक मन्त्रालय, मन्त्री माननीय श्री पर्बत गुरुङ ज्यु मार्फत दुख ब्यक्त गर्नु भएको छ ।

“उहाले आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै रोल्पामा चार जान बालबालिकाको अनाहकमा ज्यान गएको घटनाप्रति घोर निन्दा र भर्त्सना गर्दाछु सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई निहत्था बालबालिकाको ज्यान लिने घोर निन्दनीय कार्यमा संलग्न जोकोहीलाई पक्राऊ गरी कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारले कुनै कमी हुन नदिने प्रतिबद्द्ता समेत ब्यक्त गर्नु भयो मन्त्री पार्बत गुरुङले मृतआत्माप्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवार जनमा हर्दिक समावेदन प्रकट गर्नु भएको छ” ।

बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *