चुडामणि शर्मा
वैशाख,१९ बुटवल । १८ गते रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम बिस्फोट हुदा चार बालबालिकाको मृत्यु भएको छ ।
बम बिस्फोट भएको घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली आइपुगेको एक इस्थानियाले जानकारी दिए ।
उनका अनुसार द्दण्द्कालमा लुकाई राखेको बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको हो। हामीले प्रहरीलाइ सूचना गरेपछि घटना इस्थलमा प्रहरी आइपुगेको छ ।
त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको न्लाइन खबरलाई बताएका छन् ।
बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो ।
सहायक निरीक्षकको प्रहरी टोली बिहीबार साँझसम्म रोल्पाको जुँगारबाट घटनास्थलमा पुगेको छ ।