Home > समाचार > ओलीको प्रस्ताव गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने :नेकपाको विवादमा झनै नयाँ मोड

ओलीको प्रस्ताव गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने :नेकपाको विवादमा झनै नयाँ मोड

जानकी बज्राचार्य

काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवादले झनै नयाँ मोड लिएको छ ।

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो।

बैठकमा आफ्नो राजीनामाको कुरा उठेपछि उहाँले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको छ। कुनै ठाउँबाट चुनाव गराएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने ओलीको प्रस्ताव छ ।

माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि गर्नुभएको छ यस्तै उहाँले पार्टीमा तीन जना अध्यक्ष राखने यसबारे उनीहरुले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ । त्यो बैठकले स्थायी कमिटी बैठकको टुङ्गो लगाउने नेताहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *