Home > समाचार > लकडाउन उल्लङ्घन एक हजार एक सय २४ जना व्यक्ति, ६२ वटा सवारी साधन कारबाहीमा,विनापासका गाडी रोक्न गृहको निर्देशन/

लकडाउन उल्लङ्घन एक हजार एक सय २४ जना व्यक्ति, ६२ वटा सवारी साधन कारबाहीमा,विनापासका गाडी रोक्न गृहको निर्देशन/

जेनिस खडका

१५ वैशाख, काठमाडौं । (कोभिड-१९) संक्रमणको रोक्न गरेको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले  स्थानीय निकाय र प्रशासनलाई परिपत्र गरेको छ ।

साथै, सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।

‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विनापासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौँ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले , ‘लकडाउन खुकुलो भएको गुनासो आएपछि आज फेरि परिपत्र गरेर त्यसलाई सम्झाएका छौँ ।’

गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही गर्न थालेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार सोमबार मात्रै एक हजार एक सय २४ जना व्यक्ति उपत्यकाबाट कारबाहीमा परेका छन्  ६२ वटा सवारीसाधन पनि कारबाहीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *