जेनिसा खडका
काठमाडौं । माओवादी जनयुद्ध लडेर आएको युवा हुँ । जनमुक्ति सेनामा लामो समय काम गरें। पश्चिममा धेरै मोर्चा लडियो । सरकारले अयोग्य घोषणा गरेपछी निरन्तर आन्दोलन मा छु । शरीरभरि गोली छ । भारत गएर उपचार पनि गराएँ तर पुर्ण रुपमा निको हुन सकेको छैन। झरी बादलमा सताइरहन्छ । तर आफ्नु चिन्ताले भन्दा पनि देशको चिन्ताले ब्याकुल बनाउँछ।
धेरै नेपालीहरु घर फर्किन सकेका छैनन् हाल मजदुरहरुको बेहाल छ सरकारले लकडाउन थपिरहेको छ जनताको झन गाँस बाँस कपासको अभावतिर मोडिएको छ देशमा सरकार छ भनौ गरिबलाइ सधैं सास्ती सरकार छैन भन्नू हामी दुई तिहाइलाई हेप्नी भनेर कुर्लिएको सुन्छु ।
माओवादी नेताहरु भन्थे हामी सत्ता पुगेपछि हेर्नुस जनतालाइ सुख समृद्धिको बहार ल्याउछौ।ए कमरेड बादल यहि हो त समृद्धिको बहार ? के यहि हो नयाँ नेपाल यहि हो प्रचण्डपथ अनि एकाइसौ शब्दातीको जनवाद ? कदापि होइन ।
यो जनवाद होइन, धन्यवाद हो, यो धोका हो । जनघात हो, नेपाली जनताले बुझिसके नयाँ जोगीले कति खरानी खसेको छ भन्ने कुरा । नयाँ जोगीले ठुलो स्वरमा सङख नफुके हुन्छ ।
अलिकति कम्युनिस्ट हुँ जनताको मान्छे हु भन्ने लाग्छ तपाईंहरुलाइ जनताको आँशुले छुनुपर्ने हो । जनताको पिडा अनुभुत हुन पर्ने हो । जनतालाई ब्यबस्थापन गर्ने सोच आउन पर्ने हो । खोइ तपाईंहरु निदाएको निदाएकै हुनुहुन्छ ।ए नेताज्यु तपाईंको निद्रा कहिले खुल्छ ?