Home > समाचार > सुदूरपश्चिममा क्वारेन्टाइनमा बसेका १५ जनामा औलो संक्रमण/

सुदूरपश्चिममा क्वारेन्टाइनमा बसेका १५ जनामा औलो संक्रमण/

जेनिस खडका

काठमाडौँ /  क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  क्वारेन्टाइनमा बसेका मानिसहरुमा हाल औलो (पोजेटिभ) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुदूरपश्चिमका केही जिल्लाहरुमा कोरोना परीक्षणसँगै औलो पनि परीक्षण गरिएको थियो ।  सोही क्रममा १५ जनामा औलो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए ।

उनले भने “क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको औलो परीक्षण गर्दा औलो (पोजेटिभ ) संक्रमण देखिएको छ ।”यो रोग लामखुट्टेको टोकाइबाट सर्ने हुँदा सरसफाइ गर्ने, पानी जम्ने स्थानहरु पुर्नुपर्ने उनले बताए ।बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *