Home > समाचार > मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर प्रहरी जवानको मृत्यु

मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर प्रहरी जवानको मृत्यु

१३ वैशाख,  । कोहलपुर बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो।

ड्युटी सकेर भे३प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *