जेनिसा खडका
काठमाण्डौ – सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ ।
तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो । त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्दैछ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ । यता झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा covid-19 कोरोना सङ्क्रमितको ४९ पुगेको छ
११ जना उपचारपछि निको भएर घर फर्किएका छन