Home > Uncategorized > सङ्क्रमित ४९ पुगे शुक्रबार थप एक जनालाई कोरोना सङ्क्रमण पुष्टि :

सङ्क्रमित ४९ पुगे शुक्रबार थप एक जनालाई कोरोना सङ्क्रमण पुष्टि :

काठमाण्डौ – आज थप एक जनालाई covid-19 कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ ।

आज भेटिएका बिरामीको आइसोलेशनमा उपचार भइरहेको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *