मातातिर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिन पारेर रचनाकार सुरेन्द्र थपलियाले आमा बुबालाई समेटेर एउटा गीत सार्बजनिक गर्नु भएको छ ।
उहाँले “मेरा बाबा मेरि आमा कहाँ सक्छु, भुल्न डालिबाट टाढा रहि को सक्छर फुल्न” बोलको गीत युटुब मार्फत सार्बजनिक गर्नु भएको हो ।
उहाँले यो गीतमा आफुलाई जन्म दिने आमा बाबा कस्ले भुल्न सक्ला र ? खुसीका फुलहरु आमा बुबा बाट टाढा रहेर कसरी फुल्लान ? जन्म दिने आमा बाबालाई भुलेर खुसी हुन प्राय असम्भव छ ।
नेपाली समाजमा धर्ती र आकाशको रुपमा आमा र बुबालाई लिईने कुरालाई विषय बस्तुको रुपमा प्रतुत गरेका गर्नुभएको छ । विश्वका सर्बोत्कृष्ट आमा बुबा मध्ये मेरो आमा बुबा प्रथम स्थानमा पर्नुहुन्छ भन्दै उहाँले आफू रहे सम्म आमा बुबालाई भुल्न नसक्ने र आफू नरहे पनि आमा बुबाको सम्झना रहिरहोस भनेर यो गीत बनाएको भन्नुभयो ।
यो गीतले सबै नेपालीको मन जित्नेछ भन्नेमा आफू विश्वस्त रहेको कुरा पनि उहाँले व्यक्त गर्नु भयो । वर्नमाला कृयसन एण्ड देश भक्त मिडिया नेटवर्कको प्रस्तुती रहेको यो गीतमा पुरुषोत्तम सुवेदीको आवाजमा रहेको छ । गीतमा नवराज मैनालीले सङ्गीत दिएका छन् भने सङ्गीत संयोजन गाएक सुवेदीकै रहेको छ । सुरेन्द्र थपलियाको स्मरण नामक एल्बमको सफलता पछि यो गीत आएको हो ।