जिल्ला समन्वय समिति दोलखाका सदस्य एवम् नेकपाका युवा नेता विदुर शर्माले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका मेलुङ गाउँपालिका वासीलाई गाउँ ल्याउनका लागि लागेको २२ लाख भन्दा बढि खर्च अफैले व्यहोरेका छन् ।
बैशाख ८ र ९ गते मेलुङबासि नागरिकलाई गाउँ ल्याउन खटिएका शर्माले च्छोरोल्पा टिभी कुरा गर्दै काठमाडौँमा अलपत्र परेका नागरिकलाई गाउँ फर्काउनका लागि आवश्यक खर्च व्यहोरेको जानकारी दिनुभयो ।
बिदुर शर्माद्धारा संकटको अवस्थामा मेलुङ गाउँपालिका बासिलाई निशुल्क यातायातको व्यवस्था सहित घर पठाउने अभियानमा ५५ वटा यात्रुबाहक बस रिजर्भ गरे वापतको २२ लाख भाडा खर्च मध्य आफुले २० लाख ६० हजार व्यक्तिगत रुपमा व्यहोर्ने निर्णय सहित यातायात व्यवसायीलाई एकमुष्ठ भुक्तानी दिएको समेत बताउनु भयो ।
गाउँपालिकाका नागरिकलाई ल्याउन रिजर्भ गरिएका ५५ वटा बसको प्रति बस ४० हजारका दरले भाडा उपलव्ध गराईएको हो ।आफुले मानवियताको नाताले, मेलुङ गाउँपालिकाबासि भएको हैसियतले तथा सामाजिक दायित्वबोधका साथ गाउँपालिकाबासिको उद्धारमा खर्च गरेको जिसस बिदुर शर्माले च्छोरोल्पा अनलाइन टिभी सग कुराकानि भनु भएको छ ।
कोरोना भाईरसको जोखिम न्युनीकरण तथा रोकथामका लागि सरकारले विगत एक महिनादेखि लकडाउन गरेपछि काठमाडौँमा अलपत्र परेका मजदुर, विद्यार्थी, विपन्न, असहाय तथा श्रमिक वर्गको उद्धार गरिएको अझ काठमाडौं अलपत्र परेको सर्वासाधारण तथा मजदुरको लागि भक्तपुरको गठघर चोकमा रहेको बर्गर युनिभर्सल क्यफेमा दैनिक २/३ सय जानले भोजन गर्नि समेत बताउनु भयो हामिले यात्र गर्नु अघि सबैजान यात्रुलइ खान खाएर मात्र गाडीमा पठाएको छौ ।
लकडाउनका कारण लामो समयदेखि उपत्यका बस्नुपर्दा उनीहरुको दैनिक जीवन कष्टकर बनेकाले निशुल्क रुपमा घर आउने व्यवस्था मिलाईएको जिसस सदस्य शर्माले बताउनु भयो।
शर्माले आफुसाथै मेलुङ गाउँपालिका वडा नम्वर २ निवासी नेकपा जिल्ला कमिटि दोलखाका सदस्य शैलेन्द्र खड्काले १ लाख र मेलुङ गाउँपालिका वडा नम्वर ३ निवासी युवा व्यवसायी वसन्त लामाले ४० हजार सहयोग उपलव्ध गराएको उहाले जनकरि गरौनु भयो ।
“गाउँ फर्काउने उदारकार्य अभियानमा को- को थिए सहभागी”
बिदुर शर्मा तथा नेकपाका विभिन्न नेताहरुको पहलमा बैशाख ८ र ९ गते ५५ वटा यात्रुबाहक बसमा करिव २ हजार ५ सय मेलुङबासि नागरिकलाई घर ल्याईएको हो । नागरिकलाई सुरक्षित ढंगले गाउँ फर्काउने अभियानमा ।
. नेकपाका नेता एवम बागमति प्रदेशका सांसद मनानिय श्री विशाल खड्का,
. नेकपा बागमति प्रदेश कमिटिका सचिवालय सदस्य शंकर लामा,
. नेकपा मेलुङ गाउँपालिकाका ईञ्चार्ज रविन्द्र कार्की,
. स्थानीय सरकारका जनप्रतिनिधिहरु, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष सुन्दर केसी,
. नेकपाका युवा नेताहरु शैलेन्द्र खड्का,
. छिरिङ लामा, सज्जन लामा, सरोज तामाङ, बासु भण्डारी, लोप्साङ लामा, बिकल श्रेष्ठ, राजु कार्की, श्रीराज पोखरेल, युवा व्यवसायी वसन्त लामा सहभागि थिए सहभागि