Home > समाचार > मजदुरका समस्या तत्काल समाधानको लागि अलपत्र परेका मजदुरहरुको उद्दार तथा राहातमा ध्यान दिन आग्रह : मिनकुमार सिवाकोटी।

मजदुरका समस्या तत्काल समाधानको लागि अलपत्र परेका मजदुरहरुको उद्दार तथा राहातमा ध्यान दिन आग्रह : मिनकुमार सिवाकोटी।

काठमाडौं     ७ बैशाख, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखाका युवा नेता तथा अखिल नेपाल ट्रेड युनियन महासंघ तीन नम्बर प्रदेश सचिवालय सदस्य तथा दोलखाका अध्यक्ष, मिनकुमार सिवाकोटीले सरकार मजदुरका समस्या समाधानमा उदासिन भएको आरोप लगाएका छन् । सिवाकोटीले मजदुरका समस्या समाधान र ब्यवस्थापनमा सरकारलाई अविलम्ब कदम चाल्न माग गरेका छन् ।

कोरोना रोकथामका लागि सरकारले लगाएको लकडाउनको अवधि लम्बिदैं जांदा उपत्यका लगायतका देशका विभिन्न भागमा रहेका मजदुरहरूको अवस्था निकै गम्भीर वन्न थालेको छ।उहाँले हामी संग भन्नू भयो स्थानीय तह र प्रदेश सरकार सँगको समन्वयमा क्वारेन्टिन निर्माणदेखि राहतसम्मको काम सुरु गर्नु पर्ने र अलपत्र परेका मजदुरहरुको उद्दार तथा राहातमा ध्यान दिन अाग्रह गर्नु भएको छ।

अाफु संग भएको रासन र खर्च सिदिएर काठमाडौंमा बस्ने अबस्था नभएसि धादिङ्, काभ्रे, सिन्धुली, चितवन, नुवाकोट र मकवानपुर हुदै अाफ्नो गाउँ हिडेका मजदुरले खाना,नास्ता विनानै चाउचाउ पानीको भरमा बाटामा नांगो खुट्टाले गाउँ नापिरहेका मजदुरहरु को पीडा देखेर, हामीलाई सारै पिरलाग्छ। सरकारले राहत दिने भनेपनि त्यसले आम मजदुरलाई छुन सकेको छैन। ‘ज्यालादारी मजदुरको समस्या समाधान र ब्यवस्थापन गर्न अबिलम्व सरकारले कदम चाल्नु पर्यो !’ भन्दै हाम्रो च्छोरोल्पा अनलाइन खबर संग कुरा गर्दै उहाँले आफ्नो विचार राख्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *