४ वैशाख, covid-19 कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ लकडाउनको समयमा आकस्मिक उपचारका लागि अस्पताल जान र उपभोग्य सामान खरिदबाहेक अरु कामका लागि घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।
लकडाउनको समयमा कुन कुन सवारी चल्ने भनेर जिल्ला प्रशासन कार्यलया काठमाडौँले अतिअवश्यक सामग्री ढुवानी नियमित आपूर्तिका लागि सवारी विभिन्न निकायले सवारीलाइ पास दिएका छन् । तर पछिल्लो समयमा सवारी पासको दुरुपयोग हुने र अना आवश्यक रुपमा सवारी साधन चलाउनेको संख्या ह्वातै बढेको छ तर प्रशासन मौन छ ।
जिल्ला प्रशासन कार्यालयले ३ दिनको सवारी पास पहिलानै नचलाउने आदेश दिएको थियो।
बिहीबार काठमाडौंको भृकुटीमण्डप लगायत विभिन्न क्षेत्रमा सुरक्षाकर्मीले सवारी पास जाँच गर्दा सवारी पास नलिई र अनावश्यक काममा पनि सवारी साधन लिएर हिँडेको भेटिएको थियो ।
लकडाउन कडा रुपमा लागु गर्ने भनेपनि खासै यसको नियन्त्रण भने हुन सकेको देखिदैन, कोहि घरबाट बाहिर निक्लन समेत समस्यमा छन् कोहि सरकारको आदेश उलघन गरेर खुल्ले आम सवारी चलाई रहेको पाएको छ।
२ गते थपेको लकडाउनमा मोटरसाइकल चलाउन नपाउने भने पनि झन सवारी साधान चलेको देखिन्छ,यसमा नियन्त्रण गर्ने भन्ने निकाएको ध्यान जानु जरुरी छ ।
कति मजदुर तथा सर्वसाधारणहरु गाउँघर फ़र्कन सवारी पास नपाएर १० दिनको पैदल यात्रा गरी भोकै पेटमा आफ्नो जन्म घर फर्कन बाध्य छन्।
पैदल यात्रा गर्दै आफ्नो जन्म गाउँघरमा फर्कदै 1