काठमाण्डौ – लकडाउनको समयलाई बढाएर सरकारले बैसाख १५ गतेसम्म पुर्याएको छ भने
सीमा नाका पनि बन्द रहेको जनाएको छ।
सीमा नाका कहिलेसम्म बन्द विषयमा सरकारले निर्णय भने गरेको छैन, त्यसैले सीमा नाका अनिश्तिकालका लागि बन्द भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हवाई, र भू-मार्ग मार्ग हुने कुनै पनि आवतजावतलाई पूर्ण रुपमा निशेष गरेको अर्थ एबंवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।
यस्तै विदेशबाट आएका जो कोहिलाई बास दिनेहरुलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । स्थानीय प्रशासनको आँखा छलेर विदेशबाट आएकाहरुलाई लुकाएर राखेमा कानुनअनुसार कडा कारबाही हुने खतिवडाले बताउनुभयो ।
सरकारले नेपाल भित्रने सीमा नाका बन्दलाई निरन्तरता दिएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय
Posted by TASHI TV on Tuesday, April 14, 2020