काठमाण्डौ – सुडान निधन भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) ऋदेश विष्टको आइतबार अन्तिम संस्कार भएको छ । उनको शव आइतबार बिहान सवा ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
नेपाली सेनाका प्रमुख सेनानी गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयाघात हुँदा ज्यान गएको थियो ।
कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले साउदी अरेबिया, ओमान, पाकिस्तान र भारतको हवाई क्षेत्रको अनुमति लिनु पर्दा प्रमुख सेनानी विष्टको शव ल्याउन ढिला भएको हो।
स्वार्गीय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज शनिबार सुडानका लागि उडेको थियो ।
विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।