Home > समाचार > अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

२२ चैत, काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले बतायो ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *