आज बिश्व अत्यान्त संकटको घढिम गुज्रनु परिरहेको बिध्यमान अवस्था मा हाम्रो देश पनि कोरोना भइरसको कारण कठिन अबस्थामा छ आज मुलुकमा सरकारले लकडाउन जारि गरेको कारण आम नेपाली जनताहरु घरमा वस्नु पर्ने अबस्था छ।
जुन सकारात्मक पनि छ तर लामो समय सम्म घरमा बस्नुपर्ने बध्यात्मक परिस्थिति ले ब्यपार ब्यबसाय उध्योगधन्दा खेतीपाती सबै ठप्प भएको अबस्था छ !
यस्ले आफ्नै कठिनाइ निम्त्याएको होला जस्मा सरकारको ध्यान विस्तारै जाला तर जो दैनिक ज्यालादारी गरेर आफ्नो जिबिकोपार्जन गरिरहेका ति गरिब मज्दुर,किसान सवारीचालकहरु अन्य जो सामान्य खानपानको अभाबमा गुज्रदै गरेका आम नागरिकको ध्यान पुर्याउनु पहिलो दायित्व भनेको सरकारको हो।
त्यसमापनि स्थानिय सरकार को त अनिवार्य दायित्व र कर्तब्य पनि हो तर स्थानिय सरकार मिटङ र छलफल मा मात्र अलमलिनुले सार्थक परिणाम प्राप्त हुन सक्दैन किन राहत को काममा बिलम्ब भयिरहेको छ केको कम्जोरी ले यो अपरिहार्य काम हुन सकेन दक्षताको कमजोरी ,समन्वयको अभाव आर्थिक कोषको अभाव किन हो ?
लगनपछिको पोतेको के काम त्यसैले सम्वन्धित स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकार ले गफ होइन सार्थक परिणाम को कार्य गरोस अविलम्ब राहत बितरणको कार्य अगाडी बढोस गरिब जनताले राहत पाउँन अन्यथा भोको पेटको बिद्रोहको कल्पना गरेभन्दा असहज बन्न सक्छ चेतना भया
उहाले सामाजिक संजाल मार्फत भनु भयको छ।
राहत चुलो बलिरहेकाको लागि हैन चुलो नबलेकाको लागि पुग्योस यो बेलामा सबैलाई समस्या छ तर जोगरिब मजदुरीले पाउन पर्नी हो उहाहरुले छिटो पाउन भन्दै ढिलो नगर्ना समेत सुझाब दिनु भयको छ।