काठमाण्डौ – गण्डकी प्रदेशको कास्कीमा कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको हल्ला चले पनि सरकाले भने पुष्टि गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सातौँ सङ्क्रमित भेटिएकाबारे कुनै पनि जानकारी नआएको उज्यालोलाई बताउनुभयो । उहाँले केहीबेर अघि गण्डकी प्रदेशमा सम्पर्क गरेको तर कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको बारे आफूलाई कुनै पनि जानकारी नआएको पनि बताउनुभयो ।
उहाँले यस्तो विषयमा सरकारले पुष्टि गरेको कुरालाई मात्र विश्वास गर्न र पुष्टि भएपछि मात्र खबर दिन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।