Home > सम्पादकीय > काका दैलो खोल्नुस न !! केशब राज चौलागाईं

काका दैलो खोल्नुस न !! केशब राज चौलागाईं

हामी घर पस्न नपाउने हो??
के हाम्रो हक छैन??
हामी ढोकामा उभिएको धेरै दिन भो।
यहाँ ईलम नपाएरै हामी बाहिरिएका हौ।
संसारमा महामाहरीको डढेलो छ
चारै तिर ढाकिसक्यो
हाम्रो जन्म भुमिमा त सभ्यताको
हरियाली छ
यो अागो दन्किदैन जस्तो लाग्छ
जले पनि गुंडमै जल्न मन छ।
काका!!
ढोका खोल्नुस न।
सारसौंदो भएनि ,विरामी भएनि
हामो गुंड पनि यही छ
जाँच गरेर कि घर कि अस्पताल
पस्न पाउं।
भन्नू होला 
दैलो नलाग्दै अाउनु पर्थ्यो
भाग्दा भाग्दै लेट भयो
हाम्रा बाउ निरीह भए भन्दैमा
निर्दो देखेर
कोहीलाई पाटो कोहीलाई बाटो
गर्न पाईन्छ र काका!!??
ढोका खोल्नुस न काका !!
हामी चारा खोज्न गएका थियौं।
गुंड मर्मत गर्नु नि छ।
बूढो बालो हाम्रै भरमा छन्।
हामीलाई हाम्रै गुंडमा मर्न मन छ।
काका!!
तगारो खोल्नुस न
तपाईंलाई दैलाको ताल सांचो
हाम्ले नै देका हौं।
तपाईं मरी मरी बांचिराख्नु भा छ
हामी वांची वांची मर्न चाहन्छौं।
सबै हुकुम मानौंला
काका!!
गौंडो न छेकन।
जहाँ जहाँ पत्करको डङ्गुर छ
त्यी डढेलो हुर्रिएको छ
हाम्रो गुंड वरिपरि
स्वधर्म संस्कृतिको जल वाष्प छ।
बांचिन्छ कि भन्ने अाश छ।
भयंकर कष्ठ उठाउंदै
हामी अांगनको छेउमा छौं
काका!!
ढोका खोल्नुस न।
हामी पनि सेउला भांचेर
डढेलो निभाउला
हामीलाई हाम्रो माटोमा मर्न देउ
हाम्रै पखेरामा चर्न देउ।
विरामी भए अस्पताल स्वस्थ भए झुपडी।
सबै हुकुम मान्य छ काका!!
दैलो खोल्नुस न। काका!!
ढोका खोल्नुस न।
फोटो साभार अन्लाईन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *