Home > समाचार > मेडिकल सामग्री लिन चीन उड्यो नेपाल एयरलाइन्स

मेडिकल सामग्री लिन चीन उड्यो नेपाल एयरलाइन्स

१५ चैत, काठमाडौं । कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *