Home > समाचार > चिकित्सकलाई प्रधानमन्त्रीको आग्रह चिन्तित नहुनुस्, सुरक्षा सामग्री आउँछ

चिकित्सकलाई प्रधानमन्त्रीको आग्रह चिन्तित नहुनुस्, सुरक्षा सामग्री आउँछ

१३ चैत,। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुको व्यक्तिगत सुरक्षाका थप सामाग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल twitter मार्फत आफ्नो सन्देश जारी गरेका प्रधानमन्त्रीले हाल मौज्दात सामाग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन् ‘तपाईहरुकै सिफारिसका थप सामाग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं। कोभिड १९ मानवीय संकटको एकजुट भएर सामना गरौं । सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *