Home > समाचार > धनगढी गौरीफन्टा नाकामा अलपत्र नेपालीहरुलाई व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन।

धनगढी गौरीफन्टा नाकामा अलपत्र नेपालीहरुलाई व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन।

धनगढी र गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीहरुलाई झण्डै २० घण्टा पछि सम्बन्धित जिल्लामा पुर्याउने व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

संघीय सरकारको निर्देशनपछि उनीहरुलाई आज साँझ लकडाउनकै बीचमा सम्बन्धित जिल्लामा पठाउने तयारी गरिरहेको च्छोरोल्पा अनलाइन खबरसग कुरा गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

नाकामा रहेका सम्पूर्ण नेपालीको जिल्लागत विवरण संकलन गरिरहेका छौ, प्रजिअ बोहराले भने, लगत संकलन लगत्तै नाकाबाटै बसमा राखेर सम्बन्धित जिल्ला पुर्याउईनेछ ।

उनीहरुलाई सम्बन्धित जिल्ला, नगर र गाउँपालिकाको क्वारेन्टाईनमा राखिने र त्यसका लागि सबै तहमा क्वारेन्टाईन स्थापनाका लागि प्रदेश सरकारले बजेट दिने बताईएको छ ।

आज साँझ सम्म सीमामा रहेकाहरुका लागि सम्बन्धित जिल्लामा पुर्याउनेको लागि बसको व्यवस्था गरिने प्रशासनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *