Home > समाचार > कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले लामो दुरीका यातायात सेवा आजबाट बन्द

कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले लामो दुरीका यातायात सेवा आजबाट बन्द

लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ । चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *