काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा काठमाडौंको बसन्तनगर, बलाजुमा सुरु गरेकी छन्। झण्डै ५० लाखभन्दा बढीको लगानीमा स्थापना गरिएको यस शाखाको उद्घाटन उनका गुरु रुसका श्रेष्ठ र राधा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
उद्घाटन समारोहमा मिस पवित्रा (मिस पवि), झरना रिसाल, सुजल बम, सविता रेग्मी, अनिता गिरी र सृष्टि घिमिरे लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पुनले आफ्नो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्दै प्रेरणा दिएकी थिइन्। सौन्दर्य विधामा क्रियाशील विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पुनले भनिन्, “हामीले सम्पूर्ण ग्राहक वर्गलाई तीन महिनासम्म ५० प्रतिशत छुटको अफर उपलब्ध गराएका छौं।”
गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफलताको आधारमा पुनले आफ्नो व्यवसायलाई विस्तार गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएकी हुन्। यस केन्द्रमार्फत उच्चस्तरीय सौन्दर्य सेवा मात्र होइन, ब्यूटी सम्बन्धी पेशागत तालिम पनि प्रदान गरिन्छ।
विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा क्रियाशील पुनले लाखौं ग्राहकलाई सेवा दिइसकेकी छन्। सिटी एण्ड गिल्ड्स (सिटीभिटी) मान्यता प्राप्त आफ्नो केन्द्रमार्फत उनले हजारौं विद्यार्थीहरूलाई व्यावसायिक प्रशिक्षण दिँदै स्वावलम्बी बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याएकी छन्।
चन्दा पुनको अनुभव, सीप र समर्पणले ‘क्युटी केयर’लाई सौन्दर्य सेवा र तालिमको क्षेत्रमै एक विश्वासिलो नामको रूपमा स्थापित गर्न सफल बनाएको छ। ग्राहकहरूको विश्वास, विद्यार्थीहरूको लगाव र उनको निरन्तर योगदानले सौन्दर्य क्षेत्रमै उदाहरणीय छाप छोडेको छ।