Home > समाचार > सरकारलाई पूर्वस्वास्थ्य मन्त्री गगन थापाको सल्लाह :सबै अस्पतालमा फिवर क्लिनिक खोल्नुहोस

सरकारलाई पूर्वस्वास्थ्य मन्त्री गगन थापाको सल्लाह :सबै अस्पतालमा फिवर क्लिनिक खोल्नुहोस

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सबै अस्पतालमा फिवर क्लिनिक खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपपप्रधानमन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै गगन थापाले कोरोनाको शंका लागेर आउने व्यक्तिलाई अरु विरामीभन्दा अलग रुपमा दर्ता, परीक्षण र उपचार गर्न हरेक अस्पतालहरुमा फिवर क्लिनिक स्थपित गर्न माग गरेका हुन्

क्लिनिकमा आएका विरामी शंकास्पद देख्नासाथ आइसोलेसनमा राखेर थप परीक्षण र उपचारका लागि पठाउने संयन्त्र बनाउन, चिकित्सक, नर्स तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलार्य सुरक्षित राख्न पीपीईको व्यवस्था गर्न पनि सुनाएका छन् ।

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाको मात्र उपचार गर्न डेडिकेटेड कोरोना हस्पिटलको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

कोरोनाको संक्रमण देखिए शुक्रराज ट्रपिकल तथा सरुवा रोगसहित विभिन्न अस्पतालमा उपचार गर्ने सरकारको निर्णय छ । तर यसरी फरक फरक अस्पतालमा उपचार गर्दा नियमित उपचार प्रक्रिया अस्तव्यस्त हुने भन्दै उनले टेकुलाई कोरोना भाइरसको मात्र उपचार गर्ने गरी आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न माग गरेका छन् । साथै सरकारी अस्पतालले नपुगे निजी अस्पताल र मेडिकल कलेजहरुसँग सहकार्य गरी सरकारले नै जिम्मा दिएर उपचार गर्नुपर्नेमा जोड दिएका छन् ।

उपत्यका बाहिर प्रत्येक प्रदेशमा सरकारी वा निजीसँग सहकार्य गरी कम्तिमा एउटा अस्पताललाई जनरल वार्ड, आइसोलेसन वेड, आईसीयू सुविधासहित कोरोनाको उपचारका लागि छुट्टै कोभिड –१९ ट्रिटमेन्ट सेन्टरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *