Home > कला/साहित्य > सुजाता केसीको सुमधुर स्वरमा ‘मेरो बोली सुन्दा–२’ सार्वजनिक

सुजाता केसीको सुमधुर स्वरमा ‘मेरो बोली सुन्दा–२’ सार्वजनिक

काठमाडौं- नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय र दर्शक–श्रोतामाझ उत्तिकै प्रिय बनेकी गायिका सुजाता केसीको नयाँ गीत ‘मेरो बोली सुन्दा–२’ सार्वजनिक भएको छ। सुमधुर स्वर, भावुक प्रस्तुति र प्रेमिल भावना समेटिएको यो गीत अहिले श्रोता–दर्शकको मन जित्दै छ।

गीतले प्रेम, समर्पण र सम्बन्धको गहिरो संवेदनालाई अभिव्यक्त गर्छ। लोक तथा आधुनिक स्वादको संयोजनले गीतलाई अझ मीठो र सजीव बनाएको छ। यसका सशक्त शब्द रचना मुनाल शिशिरले गरेका हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्। संगीत निर्देशनमा नरहपर प्रेमीको योगदान रहेको छ।

भिडियोको निर्देशन मुनाल शिशिरले गरेका छन् ।  भने छायांकनमा सुजन श्रेष्ठको कलात्मक दृष्टिकोण स्पष्ट देखिन्छ। विष्णु खड्काले सम्पादन गरेको भिडियोमा शुधिर श्रेष्ठ, प्रियङ्का रेग्मी लगायतका कलाकारहरूको प्रभावशाली अभिनय रहेको छ।

गायिका सुजाता केसीले पछिल्ला केही वर्षमा नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन्। उत्कृष्ट गायनशैली, बहुआयामिक प्रतिभा र गीतप्रतिको समर्पणले उनलाई लोकप्रिय गायिकाको रूपमा स्थापित गराएको छ। ‘मेरो बोली सुन्दा–२’ उनको संगीत यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

उक्त गीतको म्युजिक भिडियो सुजाता केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जसले छोटो समयमै उल्लेख्य दर्शक संख्याको साथसाथै सकारात्मक प्रतिक्रियासमेत पाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *